-
विभिन्न मिडियामा प्रकाशित लेख-रचना तथा अध्ययन-सामग्रीहरू
तल दिइएका लिङ्क खोलेर विभिन्न मिडियामा प्रकाशित लेखरचना, अनुदित, सम्पादित, संकलित र समायोजित कार्यहरू हेर्न सक्नुहुनेछ – अध्ययन-अनुसन्धानमा प्रकाशित सामग्रीहरू http://www.narayangiri.wordpress.com मा क्लिक गरेर सबै सामग्री हेर्न सकिन्छ- तल दिइएका लिङ्कमा क्लिक गरेर विषयगत रूपमा अध्ययन गर्नुहोस् – उकालो अनलाइनमा प्रकाशित सामग्रीहरू https://www.ukaalo.com/0dfbdae5/author/c086bc29/346 प्रविधिलाई पूर्ण गर्ने अत्याधुनिक आविष्कार अर्थात् ‘एआई’ एआई: कम्प्युटर र रोबोटिक्स हुँदै Continue reading
-
ग्राम्सीको ‘प्रिजन नोट्बुक्स’ : सारांशसहितको विश्लेषण
– नारायण गिरी प्रिजन नोटबुक्स एन्टोनियो ग्राम्सी (२२ जनवरी, १८९१-२७ अप्रिल १९३७) द्वारा लिखित एउटा पुस्तक मात्र नभएर यो फासीवादी इटालीको जेलमा बन्द एक मार्क्सवादी क्रान्तिकारीको सैद्धान्तिक हतियार हो, जसलाई उनले एघार वर्षीय कारावासको अवधिमा रचना गरेका थिए । यी नोटबुक्सलाई ग्राम्सीले जेलको सेन्सरशिपलाई ध्यानमा राखेर लेखेका थिए, त्यसकारण यसमा एक विशेष शब्दावली र जटिल Continue reading
-
मार्क्सवादको आधारस्तम्भ : कम्युनिष्ट घोषणापत्रको विश्लेषण
– नारायण गिरी मार्क्स-एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ सबभन्दा पहिले २१ फेब्रुअरी १८४८ मा ‘कम्युनिष्ट लीग’ को एक पर्चाको रूपमा जर्मन भाषामा प्रकाशित भएको थियो । यो कृति उन्नाइसौं शताब्दीको बीचमा युरोपमा पुँजीवादको उदयको कारण पैदा भएको गहन वर्गसङ्घर्षको उपज हो । इङ्ल्याण्ड र फ्रान्समा भएको औद्योगिक क्रान्तिले पुँजीपति वर्गलाई सत्तामा ल्याइदिएको थियो, जसले सामन्ती सम्बन्धलाई Continue reading
-
समाजवादी आन्दोलनको दिशा : गोथा कार्यक्रममा मार्क्सका आपत्तिहरू
(मार्क्सको कृति ‘गोथा कार्यक्रमको आलोचना’ : सारांशसहितको विश्लेषण) – नारायण गिरी ‘गोथा कार्यक्रमको आलोचना’ कार्ल मार्क्सद्वारा सन् १८७५ मा लिखित पाण्डुलिपि हो, जसलाई सन् १८९१ मा एङ्गेल्सले प्रकाशित गराएका थिए । यो मार्क्सवादी सिद्धान्तको एक आधारभूत र अत्यन्तै महत्त्वपूर्ण कृति हो । यो एउटा कार्यक्रमको आलोचना मात्र नभएर पुँजीवादबाट साम्यवादतिर सङ्क्रमणको राजनीतिक अर्थव्यवस्थामा मार्क्सको परिपक्व Continue reading
-
विचारधाराको भ्रम र यथार्थको सङ्घर्ष
(मार्क्सवादको आधारशिला: ‘जर्मन विचारधारा’ को विश्लेषण) –नारायण गिरी ‘जर्मन विचारधारा’ (१८४५-४६) कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सको सबभन्दा मौलिक कृतिहरूमध्ये एउटा हो । यो उनीहरूको जीवनकालमा प्रकाशित भएन । यो कृति मार्क्सवादी दर्शन, इतिहासको बोध र समाजको विश्लेषणको आधारशिला हो । यो पुस्तक मुख्यगरी त्यो बेलाका जर्मन बौद्धिक व्यक्तित्व लुडविग फायरबाख, म्याक्स स्टर्नर र ब्रूनो बाउर Continue reading
-
धर्म, राज्य र वर्गसंघर्ष : मार्क्सको दृष्टिकोण
(हेगेलको अधिकारको दर्शनमाथि मार्क्सको आलोचनात्मक योगदान) – नारायण गिरी यहाँ कार्ल मार्क्सद्वारा प्रसिद्ध जर्मन दार्शनिक जर्ज विल्हेल्म फ्रेडरिक हेगेलको ‘अधिकारको दर्शन’ माथि गरिएको आधारभूत आलोचनालाई प्रस्तुत गरिएको छ । हेगेलले धर्म र राज्यलाई आदर्शवादी दृष्टिकोणबाट हेरेका थिए भने मार्क्सले यसको विपरित भौतिकवादी दृष्टिकोण राख्दै धर्म र राज्य दुवै समाजको आर्थिक आधार र वर्गीय संघर्षबाट उत्पन्न Continue reading
-
मार्क्सको कृति ‘राजनीतिक अर्थशास्त्रको आलोचनात्मक योगदान’ : सारांशसहितको विश्लेषण
– नारायण गिरी ‘राजनीतिक अर्थशास्त्रको आलोचनात्मक योगदान’ कार्ल मार्क्स (१८१८-१८८३) द्वारा लिखित अति महत्त्वपूर्ण पुस्तक हो । यो पुस्तक पहिलो पटक सन् १८५९ मा प्रकाशित भएको थियो । यसले मार्क्सको सन् १८६७ मा प्रकाशित महान कृति ‘पुँजी’ को लागि वैचारिक र सैद्धान्तिक आधार तयार गरेको थियो । मार्क्स प्रसिद्ध जर्मन दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, समाजशास्त्री, Continue reading
-
स्टालिनको कृति ‘लेनिनवादका आधार’ : सारांशसहितको विश्लेषण
-नारायण गिरी ‘लेनिनवादका आधार’ जोसेफ स्टालिन (१८७८-१९५३) द्वारा लिखित एक पुस्तक हो । यसमा स्टालिनले लेनिनवादलाई व्यवस्थित ढङ्गले दुनियाँको सामु चिनाउनमा महत्त्वपूर्ण भूमिका निभाएका छन् । जर्जियामा जन्मेका स्टालिनलाई इस्पातको व्यक्ति भनिन्थ्यो । उनी गरीब पारिवारिक पृष्ठभूमिमा जन्मिएका थिए । युवा अवस्थामा उनले रूसी साम्राज्यको विरुद्धमा क्रान्तिकारी गतिविधिमा भाग लिन शुरु गरे । उनको उदय Continue reading
-
लेनिनको कृति ‘राज्य र क्रान्ति’: सारांशसहितको विश्लेषण
-नारायण गिरी ‘राज्य र क्रान्ति’ भी. आई. लेनिन (२२ अप्रिल १८७०- २१ जनवरी १९२४) द्वारा लिखित एउटा अति महत्त्व बोकेको क्रान्तिकारी पुस्तक हो । लेनिन बीसौं शताब्दीका सबभन्दा महत्त्वपूर्ण क्रान्तिकारी नेता, सिद्धान्तकार र राजनीतिज्ञ थिए । उनका विचार र नेतृत्वबाट विश्व इतिहासको दिशा नै बदलियो । सन् १८९५ मा उनले सेन्ट पीटर्सबर्गमा ‘श्रमिक वर्गको मुक्तिको Continue reading
-
लेनिनको पुस्तक ‘साम्राज्यवाद पुँजीवादको उच्चतम् अवस्था’: सारांशसहितको विश्लेषण
– नारायण गिरी ‘साम्राज्यवाद पूँजीवादको उच्चतम् अवस्था’ भी. आई. लेनिन (२२ अप्रिल १८७०-२१ जनवरी १९२४) द्वारा लिखित एक प्रसिद्ध पुस्तक हो । लेनिन रूसका एक महान क्रान्तिकारी नेता तथा कम्युनिष्ट राजनीतिज्ञ थिए। लेनिनले मार्क्सवादको गहिरो अध्ययन गरी रूसी सन्दर्भमा यसको प्रयोग गरे । उनी मार्क्सवादी विचारधारालाई व्यवहारिक रूपमा लागू गर्ने पहिलो व्यक्ति थिए । उनले Continue reading
-
मार्क्सको कृति ‘ज्याला,श्रम र पुँजी’ : सारांशसहितको विश्लेषण
– नारायण गिरी ‘ज्याला, श्रम र पुँजी’ कार्ल मार्क्स (५ मई १८१८-१४ मार्च १८८३) द्वारा लिखित एउटा धेरै महत्त्वपूर्ण पुस्तक हो । मार्क्स प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, समाजशास्त्री, क्रान्तिकारी र कम्युनिष्ट नेता थिए । उनले समाजशास्त्र, राजनीतिक सिद्धान्त र अर्थशास्त्रको क्षेत्रमा अतुलनीय योगदान दिएका छन्, जसको आधारशीला नै आजको कम्युनिष्ट विचार हो । उनले Continue reading
-
मार्क्सको कृति ‘दर्शनको दरिद्रता’ : सारांशसहितको विश्लेषण
– नारायण गिरी ‘दर्शनको दरिद्रता’ कार्ल मार्क्स (५ मे १८१८- १४ मार्च १८८३) द्वारा लिखित विश्वप्रसिद्ध रचना हो । मार्क्स प्रसिद्ध जर्मन दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, समाजशास्त्री, कम्युनिष्ट नेता र क्रान्तिकारी व्यक्तित्व थिए । उनलाई वैज्ञानिक समाजवादको प्रवर्तक मानिन्छ । उनले सामाजिक र आर्थिक सिद्धान्तको विकास गरे, जसको आधारमा वर्गसङ्घर्षलाई इतिहासको प्रमुख चालकशक्ति मानियो । Continue reading
-
लेनिनको कृति ‘के गर्ने ?’ : सारांशसहितको विश्लेषण
-नारायण गिरी ‘के गर्ने ?’ भी. आई. लेनिन (१८७०-१९२४) द्वारा लिखित एउटा यस्तो पुस्तक हो, जसले सम्पूर्ण संसारको क्रान्तिकारी परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्यो । लेनिन रूसका प्रमुख क्रान्तिकारी नेता थिए । उनले रूसमा बोल्शेभिक कम्युनिष्ट पार्टीको स्थापना गरे र सन् १९१७ को महान अक्टुबर क्रान्तिको नेतृत्व गरे । उनी मार्क्सवादी विचारक थिए । उनले रूसमा Continue reading
-
लियो टोल्सटोयको विश्वप्रसिद्ध उपन्यास ‘अन्ना कारेनिना’ को समीक्षा तथा सारसङ्क्षेप
✍- नारायण गिरी यो सामग्री साहित्यपोस्ट अनलाइनमा प्रकाशित भएको छ, त्यो पढ्न यहाँ क्लिक गर्नुहोस् – ‘आन्ना कारेनिना’ लियो निकोलायभिच टोल्सटोय (९ सेप्टेम्बर १८२८ – ७ नोभेम्बर १९१०) द्वारा लिखित एक विश्वचर्चित उपन्यास हो । लियो टोल्सटोयलाई महानतम् साहित्यकार, विचारक र समाजसुधारक मानिन्छ । उनलाई यथार्थवादका शीर्ष प्रतिनिधि मानिन्छ । उनी मानवतावादी दर्शन र अहिंसाको Continue reading
-
ब्रम्हाण्डको संरचना र इतिहास
(निल डिग्रास टाइसनको प्रसिद्ध पुस्तक ‘हतारमा भएका मानिसका लागि खगोल-भौतिकशास्त्र’ मा आधारित सारांश तथा विश्लेषण) यो सामग्री दायित्वबोध अनलाइन म्याग्जिनमा पनि प्रकाशित भएको छ, त्यो पढ्न यहाँ क्लिक गर्नुहोस् – – नारायण गिरी ‘हतारमा भएका मानिसहरूका लागि खगोल-भौतिकशास्त्र’ नील डिग्रास टाइसन (५ अक्टोबर, १९५८) द्वारा लिखित अत्यन्तै लोकप्रिय विज्ञान पुस्तक हो । यो पुस्तक पहिलोपटक सन Continue reading
-
अर्नेष्ट हेमिंग्वेको प्रसिद्ध उपन्यास “समुद्र र बूढो मान्छे” को समीक्षा तथा सारसङ्क्षेप
-नारायण गिरी यो सामग्री साहित्यपोस्ट अनलाइनमा प्रकाशित भएको छ, त्यसलाई हेर्न यहाँ क्लिक गर्नुहोस् समुद्र र बूढो मान्छे (द ओल्ड मेन एण्ड द सी) अंग्रेजी साहित्यकार अर्नेष्ट हेमिङ्वे (२१ जुलाई १८९९-२ जुलाई १९६१) द्वारा लिखित एक बहुचर्चित उपन्यास हो । हेमिङ्वे बीसौं शताब्दीका धेरै प्रभावशाली अमेरिकी लेखकमध्ये एक थिए । उनको जन्म अमेरिकाको ओक पार्क, Continue reading
-
दोस्तोयेभ्स्कीको सुप्रसिद्ध उपन्यास “अपराध र दण्ड (Crime and Punishment)” – विश्लेषणात्मक अध्ययन
यो सामग्री २०८२ जेष्ठ १९को सहित्यपोस्ट अनलाइनमा प्रकाशित भएको छ, त्यो पढ्न यहाँ क्लिक गर्नुहोस् ✍ नारायण गिरी (गरीब विद्यार्थीको अपराधबोधदेखि मुक्तिसम्मको मनोवैज्ञानिक गाथा ‘अपराध र दण्ड’) अपराध र दण्ड (क्राइम एण्ड पनिशमेन्ट) फ्योदोर मिखाइलोभिच दोस्तोयेव्स्की (११ नोभेम्बर १८२१- ९ फेब्रुअरी १८८१) को कालजयी उपन्यास हो । उनी रूसका महान् उपन्यासकार, दार्शनिक र लेखक थिए Continue reading
-
दर्शनका समस्याहरू : विश्लेषणात्मक अध्ययन
(बर्टेण्ड रस्सेलको पुस्तक ‘द प्रोब्लेम्स अफ फिलोसफी’ को आधारमा सारांशसहितको विश्लेषण) सम्पूर्ण पुस्तक अङ्ग्रेजीमा पढ्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् -नारायण गिरी ‘दर्शनका समस्याहरू’ बर्टेन्ड रस्सेल (१८ मई १८७२- २ फेब्रुअरी १९७०) द्वारा लिखित विश्वप्रसिद्ध दार्शनिक कृति हो । रस्सेललाई बीसौं शताब्दीका सबभन्दा महान र प्रभावशाली दार्शनिकमध्ये एक मानिन्छ । उनी दार्शनिक, गणितशस्त्री, तर्कशास्त्री, लेखक Continue reading
-
प्रसिद्ध उपन्यास ‘सहानुभूतिकर्ता’ को संक्षिप्त अध्ययन
यो सामग्री साहित्यपोस्ट अनलाइनबाट साभार गरिएको हो, त्यो पढ्न यहाँ क्लिक गर्नुहोस् – नारायण गिरी सहानुभूतिकर्ता (The Sympathizer) उपन्यास भियत थान न्गुएन (१३ मार्च १९७१) ले लेखेको प्रसिद्ध उपन्यास हो । न्गुएन एक भितयनामी-अंग्रेजी प्रोफेसर र उपन्यासकार हुन् । उनी दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयमा प्रोफेसर छन् । न्गुएनको उपन्यास ‘सिम्प्याथाइजर’ ले पुलिट्जर पुरस्कार, डेटन साहित्यिक शान्ति Continue reading
-
हकिङसँगै ब्रम्हाण्डका रहस्यहरू : बृहत योजना
(गुरुत्वाकर्षण बलदेखि स्ट्रिङ सिद्धान्तसम्म) अनुवाद तथा सम्पादन – नारायण गिरी मेरो नाम स्टेफेन हकिङ हो । म एक भौतिकवैज्ञानिक, खगोलवैज्ञानिक र स्वप्नद्रष्टा हुँ । म हिडडुल गर्न सक्दिनँ र कुराकानी पनि कम्प्यूटरको माध्यमबाट गर्छु । तर मेरो मस्तिष्कको अवस्था धेरै उच्च छ, जसलाई कुनै सहायताको आवश्यकता पर्दैन । मेरो मस्तिष्कले ब्रम्हाण्डको सबभन्दा गहन रहस्यलाई बुझ्ने Continue reading
-
कम्युनिष्ट नेता हो ची मिन्ह र भियतनामी राष्ट्रिय मुक्ति युद्धको अध्ययन
हो ची मिन्ह जन्म जयन्तीको विशेष अवसरमा प्रकाशित ✍-नारायण गिरी हो ची मिन्हको क्रान्तिमय जीवनकाल र उनका महान क्रियाकलापहरू आधुनिक भियतनामका राष्ट्रपिताका रूपमा विश्वपरिचित हो ची मिन्हको जन्म १९ मे १८९० मा एक साधारण किसान परिवारमा मध्य भियतनामको किमिलियन गाउँमा भएको थियो। उनलाई शुरुमा न्यूगूयेन सिंह कुंग नामले चिनिन्थ्यो र पछि १० वर्षको उमेरदेखि भने Continue reading
-
दार्शनिक-साहित्यिक उपन्यास ‘सोफीको संसार’ : संक्षिप्त अध्ययन
यो सामग्री २०८२ बैशाख ८ गतेको साहित्यपोस्ट अनलाइनमा प्रकाशित भएको छ, त्यो पढ्न यहाँ क्लिक गर्नुहोस् अङ्ग्रेजीमा सम्पूर्ण पुस्तक पढ्न यहाँ क्लिक गर्नुहोस् –नारायण गिरी सोफीको संसार पश्चिमी संसारको दर्शनमा आधारित एउटा प्रसिद्ध उपन्यास हो । यसलाई जोस्टिन गार्डर (८ अगस्ट १९५२) ले लेखेका हुन् । उनी लेखक, शिक्षक र दार्शनिक हुन् । उनको जन्म Continue reading
-
बुद्धको रहस्यपूर्ण जीवनकाल र शिक्षा-दर्शन तथा प्रसिद्ध बौद्ध ग्रन्थ ‘त्रिपिटक’
(बुद्ध जयन्तीको विशेष अवसरमा प्रकाशित सामग्री) यो पनि पढ्नुहोस् – दर्शन : पूर्वीय दर्शन : शैव दर्शन र सिद्धान्त –नारायण गिरी बुद्धको दर्शन पढ्न यो लिंकमा क्लिक गर्नुहोस् – बुद्धको जीवनकाल र उनले दिएका शिक्षा-दर्शन गौतम बुद्ध (ई.पू. ५६३-४८३, कपिलवस्तु, नेपाल) यो संसारको सृष्टिकर्ता होइनन्, न त उनी कुनै भगवान नै हुन् । उनी Continue reading
-
दर्शन : पूर्वीय दर्शन – बौद्ध दार्शनिक सिद्धान्त
यो पनि पढ्नुहोस् – बुद्धको रहस्यपूर्ण जीवनकाल र शिक्षा-दर्शन तथा प्रसिद्ध बौद्ध ग्रन्थ ‘त्रिपिटक’ ✍ नारायण गिरी बौद्ध दर्शन पूर्वीय दर्शन अन्तर्गतको नास्तिक दर्शन हो। पूर्वीय दर्शन जगतमा यसलाई अत्यन्तै महत्त्वपूर्ण रूपमा हेरिन्छ। आधुनिक कालमा पनि बौद्ध दर्शनको प्रभाव सबैतिर देखिन्छ । यसबाट यसका प्रवर्तक बुद्धको महत्त्व पनि अतिप्रसिद्ध भएको पाइन्छ। बौद्ध दर्शनको चिन्तन दुःख Continue reading
-
मार्क्सवादी सिद्धान्तको अध्ययन
✍- नारायण गिरी कार्ल मार्क्सको सामान्य परिचय क्रान्तिकारी र वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल मार्क्सको जन्म सन् १८१८ मे ५ मा प्रसियाको राइन प्रान्तको ट्रियर नामक एक शहरको यहूदी परिवारमा भएको थियो। उनकी आमा हल्याण्डकी एक यहूदी महिला थिइन्। छ वर्षको उमेरसम्म उनी यहूदी संस्कार अनुसार हुर्किए। उनका बुबा हेनरिक मार्क्स एक वकिल थिए र उनकी Continue reading
-
मानव इतिहासका महान चिन्तक कार्ल मार्क्सको संघर्षमय जीवनकाल र उनका महान कार्यहरू
कार्ल मार्क्सको जन्म जयन्तीको विशेष अवसरमा प्रकाशित सामग्री –नारायण गिरी दार्शनिक, क्रान्तिकारी अर्थशास्त्री, इतिहासकार, वैज्ञानिक समाजवादका प्रवर्तक र विश्व सर्वहारा वर्गका महान शिक्षक तथा नेताका रूपमा संसारभर चिनिने कार्ल मार्क्सको जन्म सन् १८१८ मई ५ मा प्रसियाको राइन प्रान्तको ट्रियर नामक एक शहरको यहूदी परिवारमा भएको थियो ।उनकी आमा हल्याण्डकी एक यहूदी महिला थिइन्।छ वर्षको Continue reading
-
एक्काइसौं शताब्दीमा मार्क्सवाद : अझ बढी महत्त्वपूर्ण
(मार्क्सवाद कुनै यान्त्रिक सूत्र वा किताबी सिद्धान्त नभएर रचनात्मक विज्ञान हो) -नारायण गिरी यो लेख उकालो अनलाइनबाट साभार गरिएको हो । त्यसलाई पढ्न यहाँ क्लिक गर्नुहोस् – कार्ल मार्क्स (सन् १८१८ मई ५ – १८८३ मार्च १४) को समय औद्योगिक क्रान्तिको थियो । सामन्तवादलाई पुँजीवादले विस्थापित गर्दै गएको थियो र सामन्तवादी सत्ता पुँजीवादको हातमा गइरहेको Continue reading
-
चेतनाको रहस्य : विज्ञान र दर्शनको अद्वितीय सम्बन्धबाट पत्ता लगाउन सकिन्छ
– नारायण गिरी चेतना अनुभव, चिन्तन र निर्णय लिने क्षमता प्रदान गर्ने मानव अस्तित्वको आधारभूत पक्ष हो । यो विचार र आत्म-जागरूकताको मूल आधार हो । यसले दर्शनशास्त्र, विज्ञान, चिकित्साविज्ञान, प्राविधिक विकास र कृत्रिम बौद्धिकतासम्मलाई गहिराईपूर्वक आकार प्रदान गर्छ । चेतनाले रङ्ग, स्पर्श, स्वाद, आदि जस्ता संवेदनात्मक अनुभवको क्षमता प्रदान गर्छ । यसले खुशी, दुःख, Continue reading
-
अन्तर्राष्ट्रिय मजदूर दिवस (मई दिवस) सम्बन्धी संक्षिप्त जानकारी
सम्पूर्ण सामग्रीको लागि दायित्बोध अनलाइनको तलको लिंकमा क्लिक गर्नुहोस् – https://dayitwabodh.com/news/detail/159963 Continue reading
-
क्वान्टम यान्त्रिकी र सामान्य सापेक्षतालाई जोड्ने ‘स्ट्रिङ सिद्धान्त’
–नारायण गिरी स्ट्रिङ सिद्धान्त (string theory) भौतिक विज्ञानको एक प्रमुख सैद्धान्तिक ढाँचा हो । यसले ब्रम्हाण्डका मूलभूत घटक (कण) हरूलाई एक आयामिक स्ट्रिङ (तार) को रूपमा वर्णन गर्दछ । स्ट्रिङ सिद्धान्तको प्रमुख लक्ष्य सूक्ष्म जगतलाई बुझाउने क्वान्टम सिद्धान्त र ब्ल्याक होल तथा ब्रम्हाण्डको विस्तारलाई वर्णन गर्ने जस्ता वृहत संरचनाहरूलाई बुझाउने सामान्य सापेक्षताको सिद्धान्तलाई एकसाथ जोड्नु Continue reading
-
विज्ञान र दर्शनको सबभन्दा गहन प्रश्न : जीवको उत्पत्ति
-नारायण गिरी जीवको उत्पत्तिको प्रश्न मानव सभ्यताको शुरुवातदेखि नै दार्शनिक र वैज्ञानिकहरूको लागि एक गहन रहस्यको विषय रहेको देखिन्छ । यो एक जटिल र बहुआयामिक वैज्ञानिक प्रश्न हो । यसको लागि धेरै वैज्ञानिक परिकल्पनाहरू प्रस्तावित गरिएका छन् । प्राचीन ग्रिक दर्शनदेखि लिएर १९औं शताब्दीको वैज्ञानिक क्रान्तिसम्म जीवको उत्पत्तिको बारेमा निरन्तर खोजहरू अगाडि बढ्दै आएको छ Continue reading
-
जीवको उत्पत्ति र विकासलाई बुझाउने ‘क्रमविकासको सिद्धान्त’
–नारायण गिरी क्रमविकासको सिद्धान्तले पृथ्वीमा जीवनको अत्याधिक विविधता र जटिलता कसरी विकसित भयो भन्ने कुरा स्पष्ट बनाउँछ । यो सिद्धान्त अनुसार सबै जीव एक सामान्य पूर्वजबाट उत्पन्न भएका हुन् र समयको आधारमा साना-साना परिवर्तनहरूको कारण नयाँ प्रजातिहरू बनेका हुन् । पृथ्वीमा जीवका विभिन्न प्रजातिहरू धेरै लामो समयमा विस्तारै-विस्तारै भएको परिवर्तनका कारण विकसित भएका हुन् । Continue reading
-
मार्क्सवादको व्यवहारिक प्रयोगमा लेनिनबाट प्रतिपादित सिद्धान्त र त्यसका आधारहरू
-नारायण गिरी लेनिनले मार्क्सवादलाई रूसी परिस्थिति अनुकूल बनाउन धेरै परिवर्तनहरू गरे, तर उनले मार्क्सवादको आत्मालाई नष्ट हुन दिएनन् । (लेनिन जयन्तीको विशेष अवसरमा प्रकाशित सामग्री ) यो सामग्री दायित्वबोध अनलाइनबाट साभार गरिएको हो, त्यो पढ्न यहाँ क्लिक गर्नुहोस् भी. आइ. लेनिन (२२ अप्रिल १८७० – २१ जनवरी १९२४) ले मार्क्सवादी सिद्धान्तहरूको विहंगम व्याख्या मात्र गरेनन्, Continue reading
-
नेपालका कम्युनिष्ट पार्टीहरूको विगत र वर्तमान – संक्षिप्त अध्ययन
-नारायण गिरी विश्वका कम्युनिस्ट पार्टीहरूको विगत तथा वर्तमान स्थितिको अध्ययनको लागि यहाँ क्लिक गर्नुहोस् स्रोत – ‘मूलप्रवाह – वर्ष २३, पूर्णाङ्क ५१, कार्तिक-मंसिर २०८०‘ नेपालमा कम्युनिष्ट पार्टीको स्थापना सन् १९४९ अप्रिल २२ मा पुष्पलाल श्रेष्ठको नेतृत्वमा भएको थियो भने यसका अन्य संस्थापक सदस्यहरू निरन्जन गगोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य थिए । नेपाल कम्युनिष्ट पार्टीको Continue reading
-
‘प्राकृतिक छनौटद्वारा जातिहरूको उत्पत्ति’ – संक्षिप्त अध्ययन
–नारायण गिरी डार्विन स्मृति दिवसको विशेष अवसरमा प्रकाशित सामग्री यो सामग्री दायित्वबोध अनलाइनबाट साभार गरिएको हो, त्यो पढ्न यहाँ क्लिक गर्नुहोस् ‘प्राकृतिक छनौटद्वारा जातिहरूको उत्पत्ति‘ चार्ल्स डार्विन (फेब्रुअरी १२, १८०९ – अप्रिल १९, १८८२ ) को एक विश्वप्रसिद्ध कृति हो । उनको जन्म इङ्ल्याण्डको श्रूजबरीमा भएको थियो । डार्विन एक असाधारण जीव वैज्ञानिक थिए । डार्विनको जीवहरूको Continue reading
-
जेन अस्टिनको प्रसिद्ध उपन्यास ‘गर्व र पूर्वाग्रह’ (Pride and prejudice) – संक्षिप्त अध्ययन
यो सामग्री साहित्यपोस्ट अनलाइनमा प्रकाशित भएको छ, त्यो यहाँ क्लिक गरेर हेर्न सकिन्छ – – नारायण गिरी गर्व र पूर्वाग्रह (प्राइड एण्ड प्रिज्यूडिस) प्रसिद्ध अंग्रेजी उपन्यासकार जेन अस्टिन (१६ डिसेम्बर १७७५-१८ जुलाई १८१७) द्वारा लिखित उपन्यास हो । अस्टिनलाई अंग्रेजी साहित्यकी महत्त्वपूर्ण लेखिकाहरूमा गणना गरिन्छ । उनका उपन्यासमा मध्यमवर्गीय समाजमा रीति-रिवाज, प्रेम, विवाह र सामाजिक Continue reading
-
समाजवादी क्रान्तिको गर्भबाट पैदा भएको विश्वप्रसिद्ध उपन्यास ‘अग्निदीक्षा’ को सारसंक्षेप
यो सामग्री साहित्यपोस्ट अनलाइनमा प्रकाशित भएको छ, त्यो पढ्न यहाँ क्लिक गर्नुहोस् – नारायण गिरी अग्निदीक्षा (हाउ द स्टील वाज टेम्पर्ड) उपन्यास निकोलाई ओस्त्रोभ्स्कीको अमर कृति हो । ओस्त्रोभ्स्कीको जन्म २९ सेप्टेम्बर १९०४ मा युक्रेनको भिलिया नामक गाउँमा गरीब श्रमिक परिवारमा भएको थियो । उनले ११ वर्षको उमेरमा बाल मजदूरको रूपमा काम गर्न शुरू गरेका Continue reading
-
ब्रम्हाण्डको विशालता
– नारायण गिरी ब्रम्हाण्ड अत्यन्तै विशाल र असीमित छ । यसमा पृथ्वीको मूल्य एउटा वालुवाको कणभन्दा पनि सानो हुन्छ । ब्रम्हाण्डको अन्तसम्म शायद कहिल्यै पुग्न सकिंदैन कि ? ब्रम्हाण्डमा ग्यालेक्सी, तारा, ग्रह, उपग्रह र सबै अन्तरिक्ष पदार्थ एवम् ऊर्जा रहेका छन् । वैज्ञानिकहरूले अझै पनि ब्रम्हाण्डको बारेमा अत्यन्तै कम मात्र बुझ्न सकेका छन् । आकाशमा Continue reading
-
विश्वप्रसिद्ध क्रान्तिकारी उपन्यास ‘युवाहरूको गीत’ को संक्षिप्त अध्ययन
यो सामग्री साहित्यपोस्ट अनलाइनमा प्रकाशित भएको छ, त्यो पढ्न यहाँ क्लिक गर्नुहोस् – नारायण गिरी युवाहरूको गीत चीनकी क्रान्तिकारी एवं सिर्जनशील लेखिका याङ मो (१९१४ अगस्त २५ – १९९५ डिसेम्बर ११) द्वारा लिखित एक विश्वप्रसिद्ध उपन्यास हो । याङ मोको जन्म बेइजिङमा भएको थियो तर उनको पुर्ख्यौली घर हुनान प्रान्तमा थियो । उनको लेखन चिनियाँ Continue reading
-
जीवविज्ञान सम्बन्धी खोज तथा ऐतिहासिक विकासक्रम
– नारायण गिरी केही जटिल र केही सरल कोशिकाका समुदायहरूको निर्माण आपसमा अणुहरूको प्रक्रिया र संसारको पर्यावरणीय वा पारिस्थितिक प्रणालीसँग जोडिएको हुन्छ । यी सम्पूर्ण चीजहरूलाई जीवविज्ञानको इतिहासका केही महान खोजहरूमा गणना गरिन्छ । जीवविज्ञान जीवहरूको अध्ययनसँग सम्बन्धित प्राकृतिक विज्ञानको शाखा हो । यसमा जीवनको उत्पत्ति, संरचना, कार्य, विकास, पर्यावरण र वर्गीकरण जस्ता विषयहरूको अधययन Continue reading
-
परमाणु (एटम) भित्रको संसार – एक अन्तर्दृष्टि
– नारायण गिरी परमाणु (एटम) प्रकृतिको सबभन्दा सानो इकाई हो, जसमा तत्त्वहरूका रासायनिक गुण संरक्षित हुन्छन् । यो अति सूक्ष्म, रहस्यमय तथा जटिल संरचना भएको सूक्ष्म संसार हो । यसमा आधारभूत कणहरूको एउटा सम्पूर्ण ब्रम्हाण्ड समाहित भएको हुन्छ । यसलाई बुझ्न कण भौतिकविज्ञान, क्वान्टम सिद्धान्त र आधुनिक भौतिकविज्ञानका अन्य सिद्धान्तहरूको जानकारी हुनुपर्छ । मानिसले परमाणुको Continue reading
-
युवा जनशक्ति र आर्थिक विकास
✍ नारायण गिरी आर्थिक विकास भनेको अथतन्त्रका आधारभूत क्रियाकलापहरू उत्पादन तथा उपभोगमा तीव्र रूपमा हुने सकारात्मक तथा गुणात्मक परिवर्तन हो।त्यसैगरी भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी, आदिको क्षेत्रमा गुणात्मक परिवर्तन हुनुलाई पनि आर्थिक विकास भनिन्छ।उत्पादन साधनहरूको उत्पादन क्षमतामा आउने आमूल परिवर्तन आर्थिक विकास हो।अर्थतन्तमा प्रतिव्यक्ति उत्पादन, प्रतिव्यक्ति आय, गरीबी निवारण, आय असमानतामा कमी, श्रमशक्तिको कार्यक्षमतामा गुणस्तरीयता, Continue reading
-
युवा जनशक्ति र राजनीतिमा उनीहरूको सहभागिता
✍नारायण गिरी युवा र राजनीतिबीचमा अभिन्न सम्बन्ध रहेको हुन्छ।राजनीति मान, प्रतिष्ठा, सान, पदका लागि मात्र गरिने विषय होइन, बरु राजनीति त राज्यको सही नीति निर्माण गरेर समग्र विकास र समृद्धिका लागि गरिने कुरा हो।त्यसकारण राजनीतिमा युवा संलग्नताबिना सही नीति निर्माण हुँदैन र देशले गति लिन पनि सक्दैन। राजनीति गर्नु भनेको देश र जनताको सेवा गर्नु Continue reading
-
सलमान रूश्दीको प्रसिद्ध उपन्यास ‘मध्यरातका सन्तान’ को सारसंक्षेप
– नारायण गिरी यो सामग्री साहित्यपोस्ट अनलाइनमा प्रकाशित भएको छ, त्यो पढ्न यहाँ क्लिक गर्नुहोस् ‘मध्यरातका सन्तान’ (Midnight’s Children) अहमद सलमान रूश्दीको एक प्रसिद्ध उपन्यास हो । रूश्दीको जन्म भारत स्वतन्त्रता हुनुभन्दा पहिले १९ जुन १९४७ मा भारतको बम्बईमा भएको थियो । उनी एक प्रसिद्ध ब्रिटिश-इन्डियन लेखक हुन् । जीवनको शुरुवाती दिनमा उनले निजी स्कूलमा Continue reading
-
युवा उद्यमशीलता र रोजगारी
✍ नारायण गिरी उद्यमशीलताले नवीनतम् व्यवसायको समग्र योजना बनाएर संचालन गर्नु, व्यवसायको स्थापना गर्नु, त्यसको अनुसन्धान गर्नु, नयाँ उद्योग र व्यवसायको संचालनको लागि तीव्र इच्छाशक्ति र सृजनशील क्षमता हुनु, आदिलाई बुझाउँछ । नयाँ-नयाँ रोजगारी सृजना, स्वोरोजगार, आयस्रोतको लागि सिर्जनात्मक आर्थिक क्रियाकलाप, नवीन र आधुनिक व्यवसाय र उद्योग संचालन कार्यमा जोखिम उठाइ लगानी गर्ने व्यक्ति वा Continue reading
-
देश उत्थान र समाज विकासमा युवाको भूमिका
✍नारायण गिरी युवा देशका संरचनात्मक र कार्यात्मक ढाँचा हुन्।हरेक देशको सफलताको आधार युवा पुस्ता र उनीहरूका उपलब्धिहरू हुन्। देशको भविष्य युवाहरूको सर्वांगीण विकासमा निहित हुन्छ।त्यसैले युवाले देश निमार्णमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन्। युवा शक्ति देश र समाजका आधार हुन्।युवाले देश र समाजलाई नयाँ शिखरमा लैजान्छन्। युवाहरू देशका वर्तमान हुन् भने भूत र भविष्यका पुल पनि Continue reading
-
युवा नेतृत्वको विकास र यसको महत्त्व
✍नारायण गिरी जुनसुकै देशको विकास र समृद्धिको लागि युवा नेतृत्वको विकास अपरिहार्य हुन्छ। जुन देशमा युवाहरूको नेतृत्व अन्तर्गत विकास कार्यक्रम अगाडि बढेको हुन्छ, त्यो देशको आर्थिक, सामाजिक, राजनीतिक, आदि सम्पूर्ण विकासले फड्को मारेको हुन्छ।उदाहरणस्वरूप हामी स्केन्डेनिभियन देशहरूलाई लिन सक्दछौं। विकासका विभिन्न मुद्दाहरूमा युवाको विशेष प्रभाव र भूमिका हुन्छ। युवाको नेतृत्वले राजनीतिक परिस्थितिहरूमा पुरातन व्यवस्था, चिन्तन, Continue reading
-
समाजिक सद्भाव कायम राख्न युवाको भूमिका
✍नारायण गिरी सामाजिक सद्भाव कायम राख्ने हो भने मात्र समाज अगाडि बढ्छ र सद्भाव बिग्रँदा समाज पतनको दिशातिर जान्छ । सामाजिक सद्भाव कसरी ल्याउने त ? सामाजिक सद्भाव निर्माणमा युवाको योगदान निकै महत्वपूर्ण साबित हुनसक्छ । युवामा परिवर्तनशील क्षमता, आधुनिकता, वैज्ञानिकता, सामाजिक मनोविज्ञान र ऊर्जा हुन्छ । उनीहरूले कुनै पनि असम्भव कामलाई सम्भव बनाउन सक्छन् Continue reading
-
पर्ल एस. बकको विश्वप्रसिद्ध उपन्यास “धर्ती माता (The Good Earth)” को सारसंक्षेप
यो सामग्री साहित्यपोस्ट अनलाइनमा प्रकाशित भएको, त्यो पढ्न यहाँ क्लिक गर्नुहोस् – नारायण गिरी ‘द गुड अर्थ’ अमेरिकी साहित्यकार पर्ल. एस. बकले लेखेको विश्व प्रख्यात उपन्यास हो । नेपाली भाषामा कल्याणी धर्तीका नाममा अनूदित यो उपन्यासलाई एक महान् गाथाको रूपमा लिइन्छ र यसमा लेखिकाले तत्कालीन चिनियाँ कृषक समाजको चरित्र चित्रण गरेकी छन् । उनले सन् Continue reading
-
संसारका श्रमजीवी वर्गको मस्तिस्कमा सदैव जीवित रहेको ‘पेरिस कम्युन’
यो लेख दायित्वबोध अनलाइनमा प्रकाशित भएको छ, त्यो पढ्न यहाँ क्लिक गर्नुहोस् ✍नारायण गिरी पेरिस कम्युन कम्युनिष्ट इतिहासको सबभन्दा महत्त्वपूर्ण र प्रेरणादायी घटनाहरूमध्ये एक हो । संसारको इतिहासमा सबभन्दा पहिले श्रमिक वर्गले पूँजीपति वर्गको शासनसत्तालाई चकनाचुर पारेर राज्यसत्ता आफ्नो हातमा लिएको ऐतिहासिक घटनाक्रमलाई पेरिस कम्युनको रूपमा चिनिन्छ। पेरिस कम्युन मात्र ७२ दिन अस्तित्वमा रहेको थियो। Continue reading
-
वैज्ञानिक समाजवाद-साम्यवादका प्रवर्तक कार्ल मार्क्सको संघर्षमय जीवनकाल र उनका महान कार्यहरू
-नारायण गिरी कार्ल मार्क्स स्मृति दिवसको विशेष अवसरमा प्रकाशित सामग्री दार्शनिक, क्रान्तिकारी अर्थशास्त्री, इतिहासकार, वैज्ञानिक समाजवादका प्रवर्तक र विश्व सर्वहारा वर्गका महान शिक्षक तथा नेताका रूपमा संसारभर चिनिने कार्ल मार्क्सको जन्म सन् १८१८ मई ५ मा प्रसियाको राइन प्रान्तको ट्रियर नामक एक शहरको यहूदी परिवारमा भएको थियो ।उनकी आमा हल्याण्डकी एक यहूदी महिला थिइन्।छ वर्षको Continue reading
-
हरमन हेसको विश्वप्रसिद्ध उपन्यास “सिद्धार्थ (Siddhartha)” को सारसंक्षेप
यो सामग्री साहित्यपोस्ट अनलाइनमा प्रकाशित भएको छ, त्यो पढ्न यहाँ क्लिक गर्नुहोस् – नारायण गिरी सिद्धार्थ नोबेल पुरस्कार बिजेता लेखक तथा साहित्यकार हर्मन हेस (१८७७ जुलाई २ – १९६२ अगस्ट ९) को विश्वप्रसिद्ध उपन्यास हो । हर्मन जर्मन उपन्यासकार, कथाकार र कवि थिए । धेरै भाषामा अनुदित सिद्धार्थ उपन्यासलाई विश्व साहित्यमा अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । Continue reading
-
अन्तर्राष्ट्रिय महिला दिवस र क्लारा जेट्किन
(किन र कसरी मनाउन थालिएको थियो अन्तर्राष्ट्रिय महिला दिवस ?) यो लेख दायित्वबोध अनलाइनमा प्रकाशित भएको छ; त्यो पढ्न यहाँ क्लिक गर्नुहोस् रोजा लक्जेम्बर्ग र उनका कार्यहरू पनि पढ्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् – -नारायण गिरी क्लारा जेटकिनको संक्षिप्त जीवनकाल र उनका कार्य क्लारा जेट्किन मार्क्सवादी चिन्तक, सिद्धान्तकार र समाजवादी अग्रणी महिला नेतृ थिइन्। Continue reading
-
क्वान्टम मेकानिक्स – एक सरलीकृत अध्ययन
–नारायण गिरी क्वान्टम मेकानिक्स अत्यन्तै साना-साना कणहरूले कसरी काम गर्दछन् भन्ने कुराको अध्ययन हो । यो भौतिकशास्त्रको त्यो शाखा हो, जसले यो संसारका सबभन्दा साना ईंटाहरुले कसरी काम गर्दछन् भन्ने कुरा बताउँदछ । क्वान्टम यान्त्रिकीको सिद्धान्तले नै हाम्रो वरिपरिको संसारलाई संचालन गर्दछ । मानव शरीरदेखि लिएर सूर्यको प्रकाश र हामीले उपयोग गर्ने सबै कुरा क्वान्टम Continue reading
-
मार्केजको विश्व प्रसिद्ध उपन्यास “एकान्तका सय वर्ष” – एक अध्ययन
यो सामग्री साहित्यपोस्टमा प्रकाशित भएको छ – ✍ -नारायण गिरी ‘एकान्तका सय वर्ष’ उपन्यास गेब्रियल गार्सिया मार्केज (६ मार्च १९२७ – १७ अप्रिल २०१४) ले लेखेका हुन् । उनी नोबेल पुरस्कार विजेता विश्वप्रसिद्ध लेखक तथा साहित्यकार थिए । उनको बचपनको शुरुवाती वर्ष कोलम्बियाको उत्तरी तटको क्यारेवियन क्षेत्रस्थित अराकाटा नामक एउटा सानो शहरमा बिते । यहाँ Continue reading
-
प्रसिद्ध दार्शनिक र व्यङ्ग्यात्मक उपन्यास ‘क्यान्डिड’
यो सामग्री साहित्यपोस्ट अनलाइनमा प्रकाशित भएको छ – – नारायण गिरी ‘क्यान्डिड’ ज्ञानोदय युगका लेखक र व्यङ्ग्यकार भोल्टेयरले लेखेको एक प्रसिद्ध व्यङ्ग्यात्मक उपन्यास हो । यसलाई साहित्य र दार्शनिक क्षेत्रको एक महत्त्वपूर्ण कृति मानिन्छ। यसले व्यङ्ग्यात्क रूपले आशावाद, बेतुकेपन र संसारमा दर्शनको भूमिकको विषयमा खोज गर्दछ । यो पहिलो पटक सन् १७५९ मा ‘Candide, The Continue reading
-
समाजवादी कृषि प्रणाली, सहकारी र कृषि प्रणालीमा विविधता व्यवस्थापन
यो आलेख विचारप्रधान म्याग्जिन ‘प्राणमञ्च – वर्ष ५, अंक ८, माघ -२०८१’ मा छापिएको छ । अनुमतिबिना यसको कुनै अंश पनि पुनरूत्पादन, प्रसारण तथा प्रतिलिपि गर्न बन्देज गरिएको छ। ✍ नारायण गिरी समाजवादी मार्गले मात्र किसान र श्रमिक जनतालाई हरेक प्रकारको शोषण, गरीबी र बर्बादीबाट बचाउन सक्छ । कृषि, भूमि र उत्पादनका साधनहरूमाथि सामूहिक वा Continue reading
-
क्वान्टम सिद्धान्त, यसको विकासक्रम र वर्तमान क्वान्टम संसार
– नारायण गिरी क्वान्टम सिद्धान्त पदार्थद्वारा ऊर्जा उत्सर्जन (emission), अवशोषण (absorption) र कणहरूको गतिसँग सम्बन्धित छ । क्वान्टम सिद्धान्त एक मूलभूत सिद्धान्त हो, जसको मुख्य उद्देश्य परमाणु स्तरमा पदार्थ र ऊर्जाको प्रकृति तथा तिनीहरूको व्यवहारको व्याख्या गर्नु हो । क्वान्टम सिद्धान्तले शास्त्रीय भौतिक विज्ञानको सीमलाई नाघेर उप-पारमाणविक स्तमा हुने घटनाहरूको व्याख्या गर्ने प्रयास गर्दछ । Continue reading
-
‘२१औं शताब्दीमा पूँजी’ (थोमस पिकेटी) – एक अध्ययन
– नारायण गिरी ‘२१औं शताब्दीमा पूँजी’ प्रसिद्ध फ्रान्सेली अर्थशास्त्री थोमस पिकेटीद्वारा लिखित एक विश्वचर्चित पुस्तक हो । पिकेटीले आर्थिक असमानता, सम्पत्ति वितरण र पूँजीवादको विकासमा धेरै महत्त्वपूर्ण शोधकार्यलाई अगाडि बढाएका छन् ।उनी ‘पेरिस स्कूल अफ इकोनोमिक्स’ का प्रोफेसर हुन् । उनको पुस्तकले विश्वव्यापी स्तरमा व्यापक चर्चा बटुल्न सफल भयो । उनको जन्म ७ मई १९७१ Continue reading
-
English Digital Books : Part – 1 (world communist special books)
– Website search and compilation by Narayan Giri You can read digital books written in English language by opening the link given below – Here you can read world communist special 1000 books – 1.Karl Marx & Friedrich Engels – Collected Works (All) Download Volume -01 Volume -02 Volume -03 Volume -04 Volume -05 Volume Continue reading
-
साम्यवादी नेता तथा चिन्तक ‘एन्टोनियो ग्राम्सी’ र उनका विचारहरूको अध्ययन
✍-नारायण गिरी ग्राम्सीको कष्टपूर्ण जीवनकाल र राजनीतिक-वैचारिक संघर्ष एन्टोनियो ग्राम्सीलाई बीसौं शताब्दीका एक महान मार्क्सवादी चिन्तक मानिन्छ।उनी मार्क्सवादी दार्शनिक र कम्युनिष्ट राजनितिज्ञ थिए। ग्राम्सीको जन्म २२ जनवरी १८९१ मा इटलीको सार्डिनिया प्रान्त अन्तर्गत पर्ने एल्स गाउँको एक मध्यमवर्गीय परिवारमा भएको थियो।उनका पिता फ्रान्सिस्को ग्राम्सी थिए भने माता गिसेपिना मर्सिया थिइन्।उनका पिता एक राजस्व अधिकारी थिए।२७ Continue reading
-
सर्वहारा वर्गका महान नेता लेनिन र उनका कार्यहरू
✍नारायण गिरी भ्लादिमिर लेनिनको जन्म २२ अप्रिल १८७० मा भोल्गा नदीको किनारमा रसियाको सिम्बिर्स्क (उल्यानोभस्क) भन्ने शहरमा भएको थियो । उनको बाल्यकालको नाम व्लादिमिर इलिच उल्यानोभ थियो । उनी आफ्ना आमाबाबुको चौथो सन्तान थिए । उनी धेरै राम्रो परिवारमा जन्मिएका थिए । लेनिनका पिता इल्या निकोलायभिच उल्यानोभ कलिलै उमेरमा गरिबीको शिकार भएका थिए तर जेठो Continue reading
-
‘नेक्सस’ (ढुंगे युगदेखि एआईसम्म सूचना-संजालको संक्षिप्त इतिहास) – एक अध्ययन
– नारायण गिरी युवाल नोआ हरारी इजरायली इतिहासकार र विश्वप्रसिद्ध लेखक हुन् । सेपियन्स, होमो डेयस र २१औं शताब्दीका लागि २१ पाठ जस्ता प्रसिद्ध पुस्तकहरूबाट उनले धेरै प्रसिद्धि प्राप्त गरिसकेका छन् । उनलाई वर्तमान समयका एक प्रसिद्ध लेखकमा गणना गर्ने गरेको पाइन्छ । उनको जन्म सन् १९७६ मा भएको थियो । सन् २००२ मा उनले Continue reading
-
क्रान्तिकारी कम्युनिष्ट नेतृ “रोजा लक्जेम्बर्ग” को जीवनकाल र उनका कार्यहरूको अध्ययन
(रोजा स्मृति दिवसको सन्दर्भमा ) ✍– नारायण गिरी रोजा लक्जेम्बर्ग विश्व सर्वहारा वर्गकी एक महान क्रान्तिकारी नेतृ तथा योद्धा थिइन्। उनी मार्क्सवादी सिद्धान्तकार, दार्शनिक, अर्थशास्त्री र क्रान्तिकारी समाजवादी थिइन्। उनले सुधारवादको विरुद्धमा धेरै ठूलो संघर्ष गरिन् र क्रान्तिलाई अगाडि बढाउने क्रममै आफ्नो प्राण उत्सर्ग गरिन्। दोस्रो अन्तर्राष्ट्रियमा क्रान्तिकारी धारको नेतृको रूपमा सुधारवादको विरूद्ध उनले सम्झौताहीन Continue reading
-
मानव जाति – सविस्तार अध्ययन
✍नारायण गिरी हाम्रो संसारलाई लगभग साँढे चार अरब वर्ष पुरानो मानिन्छ। आधुनिक मानव पृथ्वीमा आएको लगभग दुईदेखि तीन लाख वर्ष भएको छ। यति लामो समयमा कति धेरै परिवर्तनहरू आए । कैयौं उथलपुथलहरू भए। मानिसले अन्तरीक्षको दूरी मापनसम्म सफलता हासिल गरे पनि आफ्नै उत्पत्ति र विकासको बारेमा पूर्ण रूपले जानकारी हासिल गर्न सकेको देखिंदैन। मानव इतिहास Continue reading
-
पृथ्वीमा जीवको उत्पत्ति तथा विकास- एक अध्ययन
✍नारायण गिरी जीवको उत्पत्तिको विषय धेरै समय अगाडिदेखि वैज्ञानिक समुदायहरूको बीचमा सबभन्दा आकर्षक र विवादित विषयहरूध्ये एक हो। यसको विषयमा कैयौं सिद्धान्तहरू प्रस्तावित गरिए पनि पृथ्वीमा जीव कसरी शुरू भयो र कसरी उत्पन्न भयो भन्ने कुराको सटिक प्रणाली एक रहस्यमै रहेको छ। आदि कालदेखि नै मानव मस्तिष्क आफू लगायत पृथ्वीमा जीवन कहाँबाट आए ? विभिन्न Continue reading
-
विज्ञानको परिचय, उद्देश्य, प्रकृति, क्षेत्र तथा महत्त्व सम्बन्धमा एक अध्ययन
✍-नारायण गिरी आजको हाम्रो युग भनेको विज्ञान र प्रविधिको युग हो। विभिन्न वैज्ञानिक आविष्कारहरूको कारणले गर्दा हाम्रो जीवनप्रणाली अत्याधिक सुविधापूर्ण हुँदै गएको छ। सम्पूर्ण विश्व विज्ञानका आविष्कारहरू एवं खोजहरूको कारणले नै हाम्रो सम्पूर्ण जीवन प्रणाली सुन्दर, सुव्यवस्थित तथा सहज भएको प्रतीत हुन्छ। मानिस एक मात्र सोचविचार गर्ने क्षमता भएको सामाजिक प्राणी भएकोले उसले शुरूदेखि नै Continue reading
-
नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)
वेबसाइट खोज तथा सङ्कलन – नारायण गिरी तल दिइएका लिङ्क खोलेर नेपाली भाषामा लेखिएका डिजिटल पुस्तकहरू पढ्न सक्नुहुन्छ – विषयसूचीको लागि यहाँ क्लिक गर्नुहोस् १. लिच्छवि कालका अभिलेख – धनबज्र बज्राचार्य – डाउनलोड गर्नुहोस् २. शाहकालका अभिलेख – धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठ – डाउनलोड गर्नुहोस् ३. मध्यकालका अभिलेख – धनबज्र बज्राचार्य – डाउनलोड Continue reading
-
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १
वेबसाइट खोज तथा संकलन – नारायण गिरी तल दिइएका लिंक खोलेर हिन्दी भाषामा लेखिएका २०० पुस्तकहरू पढ्न सक्नुहुन्छ – Click here for the syllabus १. दर्शन-दिग्दर्शन – राहुल सांकृत्यायन डाउनलोड २. वोल्गा से गंगा – राहुल सांकृत्यायन डाउनलोड ३. स्तालिन एक जीवनी – राहुल सांकृत्यायन डाउनलोड ४.लेनिन की जीवनी – राहुल सांकृत्यायन डाउनलोड ५. कार्ल Continue reading
-
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १ – विषयसूची
Collected and compiled by Narayan Giri Download and read Hindi digital books by clicking on this link as per the below table of contents १. दर्शन-दिग्दर्शन – राहुल सांकृत्यायन २. वोल्गा से गंगा – राहुल सांकृत्यायन ३. स्तालिन एक जीवनी – राहुल सांकृत्यायन ४.लेनिन की जीवनी – राहुल सांकृत्यायन ५. कार्ल मार्क्स – राहुल सांकृत्यायन Continue reading
-
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २
वेवसाइट खोज तथा संकलन – नारायण गिरी तल दिइएका लिंक खोलेर हिन्दी भाषामा लेखिएका २०० पुस्तकहरू पढ्न सक्नुहुन्छ – Click for the Table of Contains १.भूमण्डलीय पूँजीवाद का विरुद्ध आलोचनात्मक शिक्षा डाउनलोड २.सम्पूर्ण चाणक्य नीति डाउनलोड ३.कौटिल्य का सम्पूर्ण ग्रन्थ डाउनलोड ४.इतिहास : क्यों – क्या – कैसे डाउनलोड ५.मनीषी मार्क्स : प्रकाश सतंभ Continue reading
-
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २- विषयसूची
Collected and Compiled by Narayan Giri Download and read Hindi digital books- part – 2 by clicking on this link as per the below table of contents १.भूमण्डलीय पूँजीवाद का विरुद्ध आलोचनात्मक शिक्षा २.सम्पूर्ण चाणक्य नीति ३.कौटिल्य का सम्पूर्ण ग्रन्थ ४.इतिहास : क्यों – क्या – कैसे ५.मनीषी मार्क्स : प्रकाश सतंभ ६.मानव मुक्ति ७.अपनी Continue reading
-
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३
वेवसाइट खोज तथा संकलन – नारायण गिरी तल दिइएका लिंक खोलेर हिन्दी भाषामा लेखिएका २०० पुस्तकहरू पढ्न सक्नुहुन्छ विषयसूची १.आधुनिक चिकित्सा शास्त्र डाउनलोड २.चरक संहिता सरल अर्थ सहित Download भाग 1 Download भाग 2 ३.आहार ही औषध है डाउनलोड ४. योग संजीवनी विद्या डाउनलोड ५.मिटटी सभी रोगों की रामबाण औषधि है डाउनलोड ६.जल के प्रयोग Continue reading
-
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४
वेवसाइट खोज तथा संकलन – नारायण गिरी तल दिइएका लिंक खोलेर हिन्दी भाषामा लेखिएका २०० पुस्तकहरू पढ्न सक्नुहुन्छ १.इतिहास के महापुरुष – जवाहर लाल नेहरू डाउनलोड २. आजादी के सत्रह कदम – जवाहर लाल नेहरू डाउनलोड ३.राजनीति से दूर – जवाहर लाल नेहरू डाउनलोड ४.पिता के पत्र पुत्री के नाम – जवाहर लाल नेहरू डाउनलोड Continue reading
-
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५
वेबसाइट खोज तथा संकलन – नारायण गिरी तल दिइएका लिंक खोलेर हिन्दी भाषामा लेखिएका २०० पुस्तकहरू पढ्न सक्नुहुन्छ १.जेफ़ बेजोस व अमेज़न की अपार सफलता डाउनलोड २.60 सफल यूपीएससी क्रेकर्स की प्रेरक कहानियाँ डाउनलोड ३.टाइम मैनेजमेंट डाउनलोड ४.कैसे जिएं चिंतामुक्त जीवन डाउनलोड ४.साहसी गाथाएं डाउनलोड ६.तीस दिन में सफलता डाउनलोड ७.शिक्षा की बजाय डाउनलोड ८.जीवन Continue reading
-
दर्शन : पूर्वीय दर्शन : शैव दर्शन र सिद्धान्त
(प्रकृतिका आधारभूत तत्त्वलाई स्वीकार गर्ने प्राकृतिक स्वभाववादी दर्शन) ✍ नारायण गिरी दर्शनशास्त्रमा शैव दर्शनको विशेष महत्त्व रहेको देखिन्छ। शिवसँग सम्बद्ध दर्शनलाई शैव दर्शन भनिन्छ। शिवका उपासकलाई शैव भन्ने गरिन्छ। पूर्वीय परम्परामा आगमिक, आस्तिक वा नास्तिक सबै दार्शनिक सम्प्रदायमा कुनै न कुनै रूपमा शैव दर्शनलाई आत्मसात गरेको पाइन्छ। किनभने शिव साधना सम्पूर्ण दर्शन र विशेषगरी आगमिक Continue reading
-
माओत्सेतुङ र जनक्रान्ति एवं समाजवादी व्यवस्था निर्माणमा उनको योगदान
(माओको जीवनकाल एवं चिनियाँ जनक्रान्ति, माओ नेतृत्वको चीन र माओका विचार) – नारायण गिरी (माओ जयन्तीकाे विशेष अवसरमा प्रकाशित सामग्री) याे सामग्री ‘दायित्वबोध अनलाइन’ मा प्रकाशित भइसकेको छ , त्यसकाे लिंक यहाँ दिइएकाे छ – https://dayitwabodh.com/news/detail/159617/ माओको जीवनकाल र चिनियाँ जनक्रान्ति माओ-त्से-तुङ एक यस्ता कम्युनिष्ट नेता थिए, जसले मार्क्सवादी सिद्धान्तलाई चिनियाँ परिस्थितिको अनुकूल विकसित गर्ने र त्यसलाई व्यवहारमा लागू Continue reading
-
समाजको विकास र मानवताको इतिहासमा गहन दृष्टिकोण प्रस्तुत गर्ने अत्याधिक प्रभावशाली पुस्तक ‘प्राचीन समाज’
लेखक – एल. एच. मोर्गन अनुवाद/सम्पादन – नारायण गिरी प्रकाशक – इन्डिगो इन्क प्रा. लि. , अद्वैतमार्ग, काठमाडौं, नेपाल । एल. एच. मोर्गन (१८१८-१८८१) एक प्रमुख अमेरिकी मानववैज्ञानिक, समाजशास्त्री र दार्शनिक थिए । उनको पुस्तक प्राचीन समाज (Ancient Society, 1877) समाजको विकासमा आधारित एक अत्याधिक प्रभावशाली कृति हो । यो पुस्तकले प्राचीन मानव समाजको विकास, Continue reading
-
सेपियन्स (मानव-जातिको संक्षिप्त इतिहास) को सारांश बुँदागत रूपमा
(Source –https://archive.org/download/sbrief/Sapiens_%20A%20Brief%20History%20of%20Humankind%20-%20Yuval%20Noah%20Harari.pdf ) –नारायण गिरी Continue reading
-
क्युबा : शिक्षा र क्रान्ति
रिकार्डो अलारकोन दे केसादा (रिकार्डो अलारकोन केसादा १४ वर्षभन्दा बढी समयसम्म संयुक्त राष्ट्रमा क्युबाका प्रतिनिधि थिए । उनी १९९३ बाट क्युबाको राष्ट्रिय सभाको अध्यक्ष भए । २००९ मा उनले विगत १३ वर्षदेखि अमेरिकामा बन्द पाँच क्युबाली राजनीतिक बन्दीहरूमाथि काउन्टरपंच “द फरबिडन हीरोज” नामक लेखहरूको एक श्रृंखलाको प्रकाशन गरेका थिए।)- मन्थ्ली रिभ्यूमा प्रकाशित लेख । अनुवाद Continue reading
-
ल्याटिन अमेरिकी वामपन्थी आन्दोलन – इतिहासदेखि अहिलेसम्म
(जनताको उत्कृष्ट जीवनको लागि श्रमिक र किसानका आकांक्षाहरूबाट अभिप्रेरित वाम आन्दोलन एवं सरकारहरूको समग्र अध्ययन) ✍– नारायण गिरी (यो आलेख विचारप्रधान म्याग्जिन ‘मूलप्रवाह – वर्ष २४, पूर्णाङ्क ५२, जेठ-असार २०८१ ‘ मा छापिएको छ। अनुमतिबिना यसको कुनै अंश पनि पुनरूत्पादन, प्रसारण तथा प्रतिलिपि गर्न बन्देज गरिएको छ। ल्याटिन अमेरिका भयानक औपनिवेशिक शोषण र मानवताको संहार Continue reading
-
मानवोत्पत्तिका विभिन्न पक्षहरूमाथि प्रकाश पारिएको एक उत्कृष्ट पुस्तक ‘मानव जातिको उत्पत्ति’
लेखक – भलेरी अलेक्सेयेभ अनुवाद/सम्पादन – नारायण गिरी प्रकाशक – इन्डिगो इन्क प्रकाशन, काठमाण्डौ। ‘मानव जातिको उत्पत्ति’ (The Origin of the Human Race) भलेरी पाभ्लोभिच अलेक्सेयेभ (Valery Pavlovich Alekseyev) ले लेखेका हुन् । उनको जन्म २२ अगस्ट १९२९ मा रूसको मस्कोमा भएको थियो। उनी एक रूसी मानव-वैज्ञानिक थिए। सन् १९८७ देखि १९९१ सम्म उनी मस्कोमा Continue reading
-
संसारका कम्युनिष्टहरूको सर्वप्रिय ‘अन्तर्राष्ट्रिय गीत’ का रचियता यूजें पोत्तर
(उनले लेखेकाे अन्तर्राष्ट्रिय गीतसहित) युगधारा अनलाइनमा प्रकाशित सामग्री -नारायण गिरी यूजें पोत्तर (Eugène Pottier) संसारभरका कम्युनिष्टहरूले गाउने अन्तराष्ट्रिय गीतका लेखक हुन्। यो गीत संभवतः साम्यवादी गीतहरूमा सबभन्दा शक्तिशाली रहेको छ। पेरिस कम्युनको हत्याको अन्तिम हप्ता अर्थात् ‘ब्लडी विक’ (जसमा तीस हजारभन्दा बढी कम्युनिष्टहरूको हत्या गरिएको थियो) को चार हप्तापछि जुन १८७१ मा गुप्त रूपमा उनले Continue reading
-
स्टालिनको बारेमा
स्रोत– सोभियत संघको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको खुला पत्रको समीक्षा (२)। रनमिन रपाओ जनदैनिक र हुङ्छी (लाल झण्डा) को सम्पादकीय विभग (१३ सेप्टेम्बर, १९६३) मूलप्रवाह वर्ष २, अंक १, पौष, २०५७ मा प्रकाशित । Transcribed by Narayan Giri स्टालिनको सवाल प्रत्येक मुलुकको हरेक वर्गबीच क्रियाप्रतिक्रिया उत्पन्न गराउने सवाल हो र फरक-फरक वर्गका राजनैतिक दल तथा Continue reading
-
समाजवाद र धर्म
Source : V. I. L ENIN, Collected Works, Volume – 10, Progress Publishers, Moscow, P. 83-87 भी. आई. लेनिन अनुवाद तथा सम्पादन – नारायण गिरी वर्तमान समाज पूर्णतया बहुसंख्यक मजदूर वर्गको जनसङ्ख्याको अत्यन्त नगण्य अल्पसंख्यक, जमिन्दार र पूँजीपतिहरूद्वारा गरिएको शोषणमा आधारित छ। यो एक दास समाज हो, किनभने “स्वतन्त्र” मजदूरहरू, जसले आफ्नो जीवनभर पूँजीवादीहरूका लागि Continue reading
-
दर्शन र धर्म
Source – Reason in Revolt- Marxist Philosophy and Modern Science, Alan Woods and Ted Grant, Aakar Books, 2007 यो पुस्तकको दोस्रो अध्याय हो । अरू अध्याय क्रमशः प्रकाशित हुँदै जान्छन् – अनुवाद तथा सम्पादन – नारायण गिरी के हामीलाई दर्नशास्त्रको आवश्यकता छ ? शुरू गर्नुभन्दा पहिले तपाईं सोध्न सक्नुहुन्छ, “ठीक, यसमा के छ ?” के हामीले Continue reading
-
तर्कबुद्धि र अतर्कबुद्धि
Source – Reason in Revolt- Marxist Philosophy and Modern Science, Alan Woods and Ted Grant, Aakar Books, 2007 यो पुस्तकको पहिलो भागको परिचय खण्ड हो। अरू भाग क्रमशः प्रकाशित हुँदै जान्छन् – अनुवाद तथा सम्पादन – नारायण गिरी परिचय हामी गहन ऐतिहासिक परिवर्तनको अवधिमा बाँचिरहेका छौं। ४० वर्षको अभूतपूर्व आर्थिक वृद्धिपछि बजार अर्थव्यवसथा आफ्नो सीमासम्म Continue reading
-
प्राकृतिक दर्शन । कार्बनिक जगत
Source – Anti-Duhring, Herr Eugen Duhring’s Revolution in Science, Progress Publishers, Moscow, 1977 (p. 85-106 ) लेखक : फ्रेडरिक एङ्गेल्स अनुवाद : रमेश सुनुवार र नारायण गिरी Edited and Transcribed by Narayan Giri “अन्तर्वर्ती” कदमहरूको एक एकल एवम् एक रूप सोपानद्वारा हामी चाप र असरको यान्त्रिक विज्ञानबाट संवेदना र विचारहरूको संयोजनमा पुग्दछौं ।” यो आश्वासन Continue reading
-
समाजवादको इतिहासको पुनर्मूल्याङ्कन
स्रोत – क्रिटिकल मार्क्सवादी चिन्तक अनिल राजिमवालेको पुस्तक ‘वैज्ञानिक-तकनीकी क्रान्ति और उत्तर-औद्योगिक समाज’ अनुवाद -रमेश सुनुवार र नारायण गिरी Edited and transcribed by Narayan Giri अक्टुवर २५ (७ नोभेम्बर, १८१७) मा इतिहासको एउटा महत्वपूर्ण घटना (रुसी क्रान्ति) भयो भन्ने कुरा सर्वविदित नै छ । यो क्रान्ति विशिष्ट आन्तरिक र यूरोपीय परिस्थितिहरूमा भयो, जसमाथि हामी पछि Continue reading
-
प्राकृतिक दर्शन । जगतसृष्टि, भौतिक विज्ञान, रसायन विज्ञान
Source – Anti-Duhring, Herr Eugen Duhring’s Revolution in Science, Progress Publishers, Moscow, 1977 (p. 74-85) लेखक : फ्रेडरिक एङ्गेल्स अनुवाद : रमेश सुनुवार र नारायण गिरी Edited and Transcribed by Narayan Giri हामी अगाडि बढ्दछौं र ती सिद्धान्तहरूमा आउँदछौं, जसले वर्तमान संसार कुन ढंगले अस्तित्वमा आएको हो भन्ने कुरा बताउँदछन्। आयोनिक दार्शनिकहरूको प्रस्थान बिन्दु पदार्थको Continue reading
-
प्राकृतिक दर्शन । काल र दिक
Source – Anti-Duhring, Herr Eugen Duhring’s Revolution in Science, Progress Publishers, Moscow, 1977 (p.63-74) लेखक : फ्रेडरिक एङ्गेल्स अनुवाद : रमेश सुनुवार र नारायण गिरी Edited and Transcribed by Narayan Giri अब हामी प्राकृतिक दर्शनमा आउँदछौं । यहाँ फेरि श्री ड्यूहरिंगसँग आफ्ना पूर्वजहरूसँग असन्तुष्ट हुने लाखौं कारणहरू विद्यमान छन् । प्राकृतिक दर्शनको “यति धेरै पतन Continue reading
-
कृषि सहकारी आन्दोलनबारे
स्रोत – समाजवादी ग्रामीण प्रश्नबारे, किम इल सङ, नेपाल कोरिया मैत्री संघ, १९७५ (पृ.२५१-२५९) -किम इल सङ Transcribed by Narayan Giri शहर र गाउँको पुरानो उत्पादन सम्बन्धलाई समाजवादी रूपान्तरण गर्नु नै समाजवादी क्रान्तिको मूल अभिभारा हो । कृषिको सहकारीकरण गर्नु नै पुरानो उत्पादन सम्बन्धलाई समाजवादी रूपान्तरण गर्ने कार्यमा सबभन्दा महत्वपूर्ण कुरा हो । हामीले Continue reading
-
संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-१३
हामी यहाँ प्रसिद्ध वैज्ञानिक र उनीहरूका कामको बारेमा संक्षिप्त जानकारी हासिल गर्नेछौं। अहिले यहाँ केही प्रमुख वैज्ञानिक र उनीहरूका आविष्कारको बारेमा उल्लेख गरिएको छ; बाँकीलाई क्रमशः राख्दै जानेछौं – लेखन, संकलन, सम्पादन र अनुवाद – नारायण गिरी संसारका धेरै वैज्ञानिकहरूले मानव जीवनलाई सहज र सरल बनाउनको लागि तथा अत्याधुनिक ढंगले जीवनलाई अगाडि बढाउनको लागि धेरै प्रकारका चमत्कारपूर्ण आविष्कार गरेका Continue reading
-
समाजवाद र केही समाजवादी देशका कार्यप्रणालीको सामान्य अध्ययन
– नारायण गिरी समाजवादमा राजनीतिक विचार तथा व्यवहारको समृद्ध परम्पराले के स्पष्ट पार्दछ भने उत्पादनका साधनहरूको स्वामित्व व्यक्तिमा होइन, बरू समाज (समुदाय) को नियन्त्रणमा हुनुपर्दछ। राजनीतिक विचारधाराको रूपमा समाजवाद पूँजीवाद र पूँजीवादी उत्पादन प्रणालीको विरोधको रूपमा रहेको हुन्छ। पूँजीवादले निजी सम्पत्तिलाई प्रश्रय दिन्छ भने समाजवादले सामाजिक स्वामित्वलाई। विचारधाराको रूपमा समाजवादलाई तीन अलग-अलग तरीकाबाट बुझ्न सकिन्छ। Continue reading
-
विश्व रेखांकन
Source – Anti-Duhring, Herr Eugen Duhring’s Revolution in Science, Progress Publishers, Moscow, 1977 (p. 57-63) लेखक : फ्रेडरिक एङ्गेल्स अनुवाद : रमेश सुनुवार र नारायण गिरी “सर्वव्यापी सत्ता एक छ । त्यो आत्मनिर्भर छ र त्यसैकारण न त कोही त्यसको पार्श्वमा छ र न त कोही त्यस माथि नै छ । त्यससँग कुनै अर्को सत्तालाई Continue reading
-
शिक्षा सम्बन्धी प्रश्न
एन्टोनियो ग्राम्सी अनुवाद तथा सम्पादन -नारायण गिरी Source – selections form the Prison Notebooks of Antonio Gramsci, edited and translated by Quintin Hoare & Geoffrey Nowell Smith, International Publishers, New York, 11th printing, 1992. सम्पादकीय नोट – शिक्षाको विषयमा ग्राम्सीको लेखनमा अन्तर्निहित उनका विचार आज पनि शिक्षा सम्बन्धी बहसका केन्द्र बनेका छन् : जस्तोकि शिक्षा Continue reading
-
युवा सम्बन्धमा एक छलफल
–युवा : जोश, जाँगर, उत्साह र सिर्जनाले भरिएको मानव–शक्ति हो । – परिवर्तनलाई आत्मसात गर्ने, उत्पादन र निर्माणका निम्ति योग्य शक्ति हो । – युवा जोश र जाँगरको संगम हो, जसले वर्तमानको लागि सही निकास दिइरहेको हुन्छ । – युवा क्रान्तिकारी सोच र राष्ट्रविकासको अदम्य सहास बोकेको संघर्षशील शक्ति हो । – महत्त्वपूर्ण कायापलटमा युवाको Continue reading
-
संसारका केही प्रख्यात वैज्ञानिक र तिनीहरूका आविष्कारको संक्षिप्त अध्ययन-१२
हामी यहाँ प्रसिद्ध वैज्ञानिक र उनीहरूका कामको बारेमा संक्षिप्त जानकारी हासिल गर्नेछौं। अहिले यहाँ केही प्रमुख वैज्ञानिक र उनीहरूका आविष्कारको बारेमा उल्लेख गरिएको छ; बाँकीलाई क्रमशः राख्दै जानेछौं – लेखन, संकलन, सम्पादन र अनुवाद – नारायण गिरी संसारका धेरै वैज्ञानिकहरूले मानव जीवनलाई सहज र सरल बनाउनको लागि तथा अत्याधुनिक ढंगले जीवनलाई अगाडि बढाउनको लागि धेरै Continue reading
-
युवा जनशक्ति र राजनीतिमा उनीहरूको सहभागिता
–नाायण गिरी सम्मपूर्ण लेख पढ्नको लागि कम्युनिष्ट अनलाइनको यो लिंकमा क्लिक गर्नुहोस् – Continue reading
-
कृषिको सहकारी रूपान्तरण र चालु वर्गसंघर्षबारे वादविवाद*
११ अक्टोबर १९५५ (*चिनियाँ कम्युनिष्ट पार्टीको सातौं केन्द्रीय समितिको छैटौं विस्तारित पूर्ण अधिवेशनको समापन भाषण ।) लेखक – माओत्सेतुङ अनुवाद – खगेन्द्र संग्रौला Transcribed by Narayan Giri स्रोत – माओत्सेतुङका संकलित रचनाहरू, भाग ५, नेपाली संस्करण, अनु- खगेन्द्र संग्रौला, संगम प्रकाशन, २०५७ English मा पढ्नको लागि यो लिंकमा क्लिक गर्नुहोस् – हाम्रो वर्तमान अधिवेशन महाविवादको Continue reading
About Me

I am a student of philosophy, history, culture and nature. I thoroughly research all subjects and summarize them in Nepali and English. I am Secretary of Marxism Study-Research Academy, Nepal. I am a Social Worker. Education – i) Master of Arts Degree in Political Science – TU, ii) Master of Public Administration Degree – TU, iii) Master of Arts Degree in History-TU, iv) Master of Arts Degree in Nepalese History Culture and Archaeology-TU.
श्रमकाे सम्मान गरौं । धन्यवाद ।
Let’s respect labor. Thank you.

म अध्ययन-अनुसन्धान कार्यमा निस्वार्थ भावले निरन्तर लागेको एक वाम विचारधारायुक्त सामाजिक कार्यकर्ता हुँ। मेरो कुनै पनि राजनीतिक दलसँग संलग्नता नरहेको जानकारी गराउँदछु। मेरा हरेक अध्ययन-अनुसन्धान कार्य शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध हुनेछन् । आम श्रमजीवी, भोका-नांगा, गरीब, उत्पीडित जनसमुदायहरूलाई सुशिक्षित गर्ने प्रयत्न मेरो कर्तव्य हुनजान्छ । मेरा सबै कार्य जनहितका लागि हुनेछन् भन्ने आशा तथा विश्वासपूर्वक मैले निरन्तर कार्य अगाडि बढाइरहेको हुनेछु। श्रमप्रति सम्मान र शोषणप्रति घृणा नै मेरा कार्यका उद्देश्य हुनेछन्।
यहाँ तपाईंहरू सबै प्रकारका सामग्रीहरू अध्ययन गर्न र हेर्न पाउनुहुनेछ । अध्ययन गर्नको लागि रूचियुक्त सामग्रीहरू माग गर्नुभयो भने यथासंभव परिपूर्तिसमेत गरिनेछ । यहाँ लेखरचना, पत्रपत्रिका, म्यागजिन, जर्नल, विभिन्न पुस्तकहरू (नेपाली, अंग्रेजी र हिन्दी भाषामा), डकुमेन्ट्री, फिल्म, आदि सामग्रीहरू खोजेर पढ्न तथा हेर्न सक्नुहुन्छ।
I am a leftist social worker who is selflessly engaged in research work. I inform you that I am not affiliated with any political party. Every study-research work of mine will be against exploitation, oppression, injustice and tyranny. It is my duty to try to educate the common workers, the hungry, the poor, the oppressed masses. I will continue my work with the hope and confidence that all my work will be for public interest. Respect for labor and hatred for exploitation will be the objectives of my work.
Here you will find all kinds of content to study and watch. If you demand for interesting materials to study, they will be provided as much as possible. Here you can search and read articles, newspapers, magazines, journals, various books (in Nepali, English and Hindi languages), documentaries, films, etc.
श्रमको सम्मान गर्नुभएकोमा धन्यवाद ।
Thank you for respecting the labor.

Recent Posts
Newsletter
विज्ञान-प्रविधि (Science-Technology)
Documentaries and YouTube channels
नेपाली डिजिटल पुस्तकहरू (Nepali Digital Books)
नेपाली न्यूजपेपर, म्यागजिन र अनलाइन पत्रपत्रिकाहरू (Nepali Newspapers, Online and Nepali Magazines)
English Digital Books : Part – 1 (world communist special books)
English Digital Books : Part – 2
English Digital Books : Part – 3
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – १
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – २
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ३
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ४
हिन्दी डिजिटल पुस्तक (Hindi digital Books) भाग – ५
